थप ६६५३ जनामा कोरोना संक्रमण, १०१ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिलो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।






