Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

आचारसंहितामा हस्ताक्षर पछि मन्त्रीको सपथ

सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका दुई सांसदलाई नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलले आचारसंहितामा हस्ताक्षर गरेपछि मात्र सपथ ग्रहण गराएको छ ।

सरकारमा सहभागी भएको कांग्रेसले आफ्ना दुई सांसदलाई १३ बूँदे आचारसंहितामा हस्ताक्षर गराएको छ । मन्त्रीद्वय विसी र श्रेष्ठलाइ संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएर सरकारमा सहभागी गराएको हो ।

कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मीतव्ययितता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ । सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न पाइने छैन । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्नेशर्तको पनि मन्त्रीहरुले पालना गर्नुपर्ने भएको छ भने कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरित हुने कार्यहरु गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।