Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशको बैठक पुनः स्थगीत

सुर्खेत ।
कर्णाली प्रदेश सभाको आठौ अधिवेशनको पहिलो बैठक कार्यसूचीमा प्रवेश नै नगरी आधा घण्टाको लागि स्थगीत बैठक करिब साढे २ घण्टा ढिलो गरी सुरु भएपनि पुनः स्थगीत भएको छ ।

बैठक सुरु भएपछि एमालेका प्रमुख सचेतक करबीर शाहीले आफ्नो धारणा राख्दै मुद्दा लागेका मन्त्री अम्मर बहादुर थापालाई मन्त्री पदबाट बर्खास्त नगरेसम्म बैठक संचालन हुन नसक्ने कुरालाई जोड दिएर एमालले आफ्नो माग पूरा नभएसम्म बैठक संचालन हुन नदिने जिकिर गर्नुभयो । मुद्दा लागेको मान्छे मन्त्री पदमुक्त नहुञ्जेलसम्म बैठकको काम कारवाही अगाडि नबढाउन सभामुखलाई उहाँले अनुरोध गर्नुभएको थियो ।

त्यसपछि सभामुख राजबहादुर शाहीले पटक पटक सांसदहरुलाई आशन ग्रहण गरी बैठक संचालन गर्न सहयोग गर्न आग्रह गरेपनि एमालेका सांसदहरु स्थानबाट उठेर विरोध गरेपछि सभामुख शाहीले बैठक भोली २५ गते दिउसो २ बजेसम्मका लागि स्थगीत गर्नुभएको छ ।