Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने

पक्षमा मत दिनेलाई सांसदबाट हटाउने ओली पक्षको चेतावनी

धनगढी ।

सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रदेश सभामा माधव पक्षका १८ सांसद हुनु हुन्छ भने ओली पक्षका ७ जना मात्र सांसद् रहेका छन् ।

यसैबीच मुख्यमन्त्री भट्टको पक्षमा मत दिनेलाई सांसदबाट हटाउने ओली पक्षले चेतावनी दिएको छ । बहुमतको आधारमा संसदीय दलमा निर्णय गराएर माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।