मानवसेवा आश्रमलाई सहयोग
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका १२ नेवारेमा रहेको मानवसेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहहयोग गर्नुभएको छ । सुर्खेतको छिन्चु बजारमा रहेका विभिन्न व्यापारीहरुले मानवसेवा आश्रममा सहयोग गर्नुभएको मानवसेवा आश्रमले जानकारी दिएको छ । निषेधाज्ञाको समयमा मानवसेवा आश्रम महिला परिवार सदस्य पवित्रा खड्काको नेतृत्वमा लायन्स क्लब अफ छिन्चुको समन्वयमा अत्यावश्यक सामग्रीहरु संकलन गरी आश्रमलाई हस्तान्तरण गरिएको छ ।
सहयोग स्वरुप हस्तान्तरण भएका सामग्रीहरुमा चामल, दाल, नून, तेल, सोयाविन, पिठो, आलु, चिनी, बेसार, भूजा, चना, फलफूल, विस्कुट, खुर्सानी, च्यूरा, मास्क, सेनिटाइजर कपडाहरु, जुत्ता चप्पल, थाली तथा नगद २७७५ र ६० देखि ६५ हजार बराबरको सामग्री हस्तान्तरण गरिएको आश्रम प्रदेश संयोजक श्रृजना वलीले बताउनुभयो ।
सामग्री हसतान्तर कार्यक्रममा टिकाराम चपाई तथा सीता शर्माको उपस्थिति रहेको थियो । यस्तो विपतको समयमा समेत यति ठूलो सहयोग गरेकोमा सहयोगीहरु प्रति आश्रमले आभार व्यक्त गरेको छ ।













