Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश सभामा २ दिनसम्म नीति तथा कार्यक्रम माथि छलफल भएको थियो भने आजै प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख राजबहादुर शाहीले सभा समक्ष निर्णायार्थ प्रस्तुत गनुभएको थियो ।

सभामा निर्णायार्थ प्रस्तुत भएको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल विपक्षमा रहेपनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख शाहीले घोषणा गर्नुभएको हो ।

बैठक आजै चार बजेसम्मका लागि स्थगीत भएको छ । आजै चार बजे सुरु हुने बैठकमा प्रदेश सरकारको आगामी आ.व. को बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।