Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट (बजेटको पूर्णपाठ सहित)

स्वास्थ्य र कृषिमा प्राथामिकता

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको बढाएर बजेट ल्याएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको थियो

स्वास्थ्य र कृषिमा प्राथामिकता

कर्णाली प्रदेश सरकारले आ.व. २०७८÷०८९ को बजेटमा विशेष गरी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिइएको छ । कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्टसहित प्रदेश भित्रका सबै जिल्ला अस्पतालहरुमा मिनी अक्सिजन प्लान्टको स्थापना गरिने, कोभिडबाट जनतालाई सुरक्षित राख्नका लागि परीक्षणको दायरा बढाउनुका साथै उपचारमा विशेष ध्यान दिइने, कर्णालीवासीलाई कोरोना विरुद्धको खोप लगाउने, बबई तथा कपुरकोटमा सेन्सरसहितको स्वास्थ्य चेकजाँचको व्यवस्था गरिने तथा जेष्ठ नागरिकहरुका लागि प्रदेश प्रमुख दन्तोपचार सेवा संचालन हुने कुरालाई बजेटमा समेटिएको छ । कोरोना नियन्त्रणका लागि ५३ करोड विनियोजन भएको छ भने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ताको व्यवस्था गरिएको छ ।

प्रदेशका पाँच स्थानमा मिनी कोल्ड सेन्टर, प्राङ्गारिक खेती प्रणाली, किसानका उत्पादनलाई बजारीकरण, प्राङ्गारिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने लगायत पशुपालना अनुदानका लागि १५ करोड विनियोजन गरिएको छ । प्रदेशमा उत्कृष्ट कृषकलाई सुनको हलो अंकित तक्माले सम्मान गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको अध्ययन, प्रत्येक स्थानीय तहमा एक एक नमुना विद्यालय बनाउने तथा छाउपडी मुक्त अभियान संचालन गर्नुका साथै गोठ र बोटमा लगानी गरौ कार्यक्रम संचालन गरिने बजेटमा समेटिएको छ । प्रत्येक घर स्वरोजगार कार्यक्रम तथा खेल क्षेत्रका लागि ५९ करोड बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ ।

बजेटको पूर्णपाठ