Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

जाजरकोटमा ४ दिनदेखि सम्पर्कविहीन भएका ७ जना सकुशल भेटिए

सुर्खेत |

जाजरकोटमा चार दिनदेखि सम्पर्क विहीन भएका ७ जना सकुशल फेला परेका छन्।

कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय आज शुक्रबार बिहान मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जेठ ३१ गते आएको हावाहुरीका कारण गोठमा बसेका उनीहरू सम्पर्कमा आएका थिएनन्। आज शुक्रबार उनीहरूलाई प्रहरीले भेटाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी माधवकुमार थापाले जानकारी दिए।

डिएसपी थापाले भने, ‘आज प्रहरीले भेटाएर खाना खुवाउने, आगो तपाउने र आवश्यक औषधी पनि खुवाइरहेका छौँ, अवस्था सामान्य नै छ।’ हावाहुरीबाट उनीहरूका गोठमा रहेका भैसीं, बाख्रा र गाई मरेको उनले बताए।