Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

लेकवेशी नगरपालीकाको बजेट ६३ करोड, पुर्वाधार र पर्यटन प्राथमिकतामा

लेकवेशी ।

लेकवेशी नगरपालीका सुर्खेतले आगामी आर्थिक वर्षका लागी ६३ करोड १६ लाख ८४ हजार १ सय ४५ रुपैँयाको बजेट ल्याएको छ । विहिवार देखी सुरु भएको नगरसभामा कुल विनीयोजीत बजेट मध्य चालु खर्च तर्फ २२ करोड २ लाख ७९ हजार ४ सय ६४ रुपैँया र पुजीँगत तर्फ ४१ करोड १४ लाख ४ हजार ६ सय ८१ रुपैँया विनियोजन गरिएको छ ।

कृषी कार्यक्रम अन्तरगत समृद्ध नगर सुखी नगरबासीको नगर अभियानलाई सफल पार्नका लागी खाद्यान्न आपुर्तीमा आत्मनिर्भर बनाउन कृषीमा आधुनीकीकरण गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पर्यटन तर्फ लेकवेशीका पर्यटकिय स्थलहरु मालधुरी नेटा, भोटेदरबार, सात्तले गुफा, बागदुल्ला गुफा, ठ्युरो गुफा,लामीडाँडा थाम, लेकवेशी २ को स्कुल डाँडा लगाएतलाई पर्यटकिय रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै भौतीक पुर्वाधार तर्फ लेकलेशीको समृद्धी र सामाजिक तथा सांस्कृतिक विकास संग जोडिएको धुलियाबिट भेडाबारी बोटैचौर सडकलाई सम्पन्न गर्नका लागी संघिय सरकार संग परिणममुखी पहल गर्ने निती नगरपालिकाले लिएको छ । नगरपालिको अर्को नगरसभा असार २१ गते बस्ने नगरपालिकाले जनाएको छ ।