Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

असार २२ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं ।

चीन सरकारले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।

यस अघि  जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो खोप  ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई दोस्रो खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा लगाइने तय भएको बताउनुभयो ।

साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उहाँको भनाइ थियो ।

यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।

पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको विभागले जनाएको छ ।