भाेली सार्वजनिक विदा
सुर्खेत ।
कर्णाली प्रदेशमा भाेली (१५ असार) सार्वजनिक विदा हुने भएकाे छ । प्रदेश सरकार (मन्त्रीपरिषद)काे मिति २०७८ बैशाख १७ गतेकाे निर्णय अनुसार भाेली धान दिवसकाे अवसरमा विदा हुने भएकाे हाे ।
कर्णालीमा जुम्ला बाहेकका सबै जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय भएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकाे छ ।







