वीरेन्द्रनगरमा निःशुल्क न्यायिक समितिको कार्य व्यवस्था
सुर्खेत |
न्यायका लागि दुःख पिडामा रहेका तथा दिनदुखीका लागि वीरेन्द्रनगरमा न्यायिक समितिको कार्य व्यवस्था गरिएको छ । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा १६ वटै वडामा मेलमिलापको बाटोबाटै न्याय समितिक व्यवस्थाको शुरुवात गरेको हो ।
उपप्रमुखसहित वडासदस्यहरुले न्याय समितिको टिम बनाएर वडास्तरमाबाट आएका व्यत्तिको पहिचान गरि संवैधानिक व्यस्था अनुसार न्याय दिने व्यवस्था गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।
उपप्रमुखका अनुसार जनताको जनचाहाना अगाडि लिएर काम गरिने र जनतालाई न्याय दिन जुनसुकै कानुनी समस्या समाधान गर्नुका साथै न्यायमा सबैको पहसच हुनुपर्ने बताईन । यस्तै प्रशासकिए अधिकृत दिपेन सुवेदीले न्यायमा सबैको एकमत हुनुपर्ने बताउदै वीरेन्द्रनगर भित्रका १६ वटै वडामा मुद्दाको प्रकृती अनुसारको १४४ वटा मुद्दा दर्ता गरेको जानकारी सुवेदीले जानकारी दिएका हुन ।
यस्तै कार्यक्रममा न्यायिक समिती संयोजक र उपप्रमुख मोहनमाया ढकाल, प्रमुख प्रशासनिय अधिकृत टिकाराम ढकाल,अधिवक्ता गिता कोइराला लगायतको उपस्थिति थियो ।






