Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

यस्तो बन्दै छ पदाधिकारीमा देउवाको ‘टिम’

काठमाडाैं |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा हुने १४ औं महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। त्यहीअनुसार उनी आफ्नो किसिमले तयारीमै जुटिसकेका छन्। यसबीचमा आफ्नो समूहका नेता र कार्यकर्तादेखि अरुसँग समेत उनले छलफल र परामर्श तीब्र पारेका छन्।

नेतृत्वमा पुग्न यसपालि आफ्नो गुटसँगै इतर गुटमा समेत ठूलै जोडबल लगाउने आकलन भइरहेका बेला देउवाले महाधिवेशनमा उठ्ने प्रमुख ‘टिम’ भने आफ्नै समूहको मात्र बनाउने तयारी गरेका छन्। अर्को समूहका नेतालाई तानेर टिम नबनाउने उनको तयारी छ।

अर्थात् अर्को समूहका नेतालाई आफ्नो समूहमा भित्र्याएर पदाधिकारीको उम्मेदवार बनाउने ‘मूड’ देउवामा देखिएको छैन। १३औं महाधिवेशनमा उनले महामन्त्री पदमा मा अर्को पक्षका नेता अर्जुननरसिंह केसीलाई भित्र्याएका थिए। १३औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भए तर, केसीले भने महामन्त्रीमा पराजय भोगे।

आफ्नै समूहका नेताहरुको ‘व्यवस्थापन’ गर्नु सबभन्दा महत्वपूर्ण हुने भएकाले देउवाले यस्तो तयारी गरेको उनीनिकट नेताहरु बताउँछन्। आफ्नै ‘स्ट्रेन्थ’को आधारमा देउवाले प्रतिस्पर्धा गर्न लागेको संस्थापन पक्षको दाबी छ। यसको कारण के हो भने सभापतिको एक कार्यकालको उत्तराद्र्धमा आइपुग्दा देउवा थप बलियो बनेको बुझाई संस्थापन पक्षमा देखिएको छ। नेपाललाइभबाट