Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

काठमाडौं ।

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।

विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा