Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

परिवर्तन सप्लायर्सले भन्यो, काङ्गेन पानी स्वास्थ्यका लागि फाइदाजनक

सुर्खेत ।
हामीले पिउने पानी कत्तिको स्वच्छ छ भन्ने कुराको एकिन गर्नुपर्दछ । हामीले पिउने पानी स्वच्छ भएन भने त्यसबाट विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ । पानी सजिव प्राणीको लागि अत्यावश्यक आवश्यक कुरा हो । यही कुरालाई मध्यनजर गरेर नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरिएको छ ।

No description available.
उक्त धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने उल्लेख गरिएको छ । कर्णाली प्रदेश विविध भौगोलिक भएको प्रदेश हो । यस प्रदेशमा खानेपानीको मुख्यस्रोतको रुपमा खोलाको पानी नै हो । तर कर्णाली प्रदेशका प्रायः जिल्ला सदरमुकामहरुमा मिनरल वाटरहरु उपलब्ध छन् । उनीहरुले पनि आफूहरुले उत्पादन गरेका पानीहरु पिउन योग्य भनेका छन् हामीले पिउदै पनि आइरहेका छौ । एक सर्वेक्षणका सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपलब्ध गराएको पानी पनि पिउनका लागि स्वच्छ देखिएको पाइएको छ ।

परिवर्तन सप्लायर्सले सल्यानका अनुसार पानीमा २.५ पिरचको कडा अम्लिय पानीमा सूक्ष्म जीवाणु निरोधक गुण प्रचुर मात्रामा हुन्छ । यसका अक्डिेशन रिडक्सन क्षमता ११ सय एमपि भन्दा बढी हुन्छ । जब क्षारीय अंशले डलेक्ट्रोनहरु हासिल गर्छ अम्लिय अंशले प्रोटोल गुमाउछ जसले गर्दा घोलको अक्सिडेशन रिडक्सन क्षमता बृद्धि हुन्छ र फ्रि ¥याडिकलयुक्त पानी बन्दछ । हाम्रो शरिरमा फ्रि ¥याडिकलको काम अन्य अणुहरुबाट यलेक्ट्रोनहरु सोस्ने हो । जसले व्याक्टेरिया, ढुसी र जीवाणुहरुलाई नष्ट गर्दछ । कढा अम्लिय पानी प्रमाणित व्याक्टेरिया नाशक सूक्ष्म जीवाणुनाशक र ढुसिनाशक पदार्थ हो । जसलाई जापानमा अस्पताल र रेष्टुरेण्टहरुमा सरसफाइ गर्ने कार्यमा प्रयोग गरिन्छ ।

No description available.
हामीले पिउने पानी ९.५ पिएच मात्रामा क्षारीय पानी हुनुपर्दछ । तर हामीले पिइराखेको मिनरल वाटरमा भन्दा झुप्राको पानीमा पिएचको मात्रा कम भएको परिवर्तन सप्लायर्सका सुर्खेत प्रमुख भगवती विसीले जानकारी दिइन । परिवर्तन सप्लायर्सका अनुसार काङ्गेन मेसिनबाट सात प्रकारको पानी पाइन्छ । त्यसलाई पिएच ड्रपबाट परीक्षण गर्ने गरिन्छ । जसमा ८.५ पिएचदेखि ९.५ पिएचसम्मका पानीहरु रहने गर्दछन् भने जसलाई दैनिक पिउन तथा सुप बनाउनका लागि प्रयोग गर्न उपयुक्त हुने गर्दछ । विसीका अनुसार किड्नीका विरामीहरुले ८.५ पिएचको पानी दैनिक ३ लिटर पिएको खण्डमा स्वास्थ्यलाई फाइदा गर्दछ । त्यसैगरी ७.० पिएच भएको पानी शुद्ध पानीको रुपमा लिन सकिन्छ । ६.० पिएच ब्यूटी वाटरको रुपमा राखिएको छ । यसलाई अनुहार धुन, दाँत ब्रस गर्न तौलिया धुन र जीवाणुहरु मार्नका लागि प्रयोग गरिन्छ भने यसले अनुहारको सुख्खापन हटाउन तथा अनुहारमा भएको चिल्लोपन नियन्त्रण गर्न, अनुहार चम्काउन तथा अनुहारमा आउने डण्डिफोर हटाउन उपयोगी हुने तथ्य पत्रा लागेको छ भने यो पानी पिउनका लागि उपयुक्त नभएको बताइएको छ ।

२.५ पिएच भएको पानीलाई कडा अम्लिय पानीको रुपमा परिभाषित गरिएको छ । यसले शरिरमा आउने घाउ खटिरा, छाला सुन्निने, खेतीपातीमा लागेका किटाणु समेत नष्ट गर्न तथा घरको भान्साकोठा सफा गर्न र शौचालय तथा वाथरुमका दागहरु हटाउनका लागि यो पानी प्रयोग हुने प्राविधिकहरुले बताएका छन् । यो पानी पनि पिउनका लागि उपयुक्त नहुने बताइएको छ । यसैगरी ११.५ पिएचको पानी पनि कडा क्षारिय पानीमा पर्दछ । यसले तरकारी, चामल, गेडागुडी, सागसब्जी, फलफूल, माछामासु, टमाटर आदिमा भएको अधिक मात्राको हानिकारक केमिकललाई हटाउन उपयुक्त हुन्छ भने क्यान्सरका विरामीहरुलाई पिउनका लागि उपयुक्त हुने बताइएको छ ।

No description available.
परिवर्तन सप्लायर्सले लुम्बिनीका १२ वटा जिल्ला, काठमाडौं, ललितपुर, भक्तपुरका साथै कर्णालीका १० वटै जिल्लाहरुमा अलकाइन वाटरको कार्यक्रम लागु गरिने जनाएको छ भने सुर्खेत, दैलेख र जाजरकोटमा यो कार्यक्रम लागु भइसकेको छ । समुदायले नै ६० जना रहेको एउटा उपभोक्ता समूह निर्माण गरेपछि उक्त समुदायमा काङ्गेन मेसिन संस्थाले उपलब्ध गराइदिने गर्दछ । त्यसपछि उक्त मेसिनबाट फिल्टर गरेको पानी पिउन योग्य बनाएर उक्त उपभोक्ताहरुलाई वितरण गर्ने गरिन्छ । साथै उपभोक्ताहरुको १५ वर्षे जीवन विमा समेत गराइदिने विसीले बताइन् । त्यसमा सुरुको किस्ता उपभोक्ता आफैले व्यहोर्नु पर्ने र अन्य किस्ताहरु संस्थाको तर्फबाट नै व्यहोरिने गरिएको छ । उपभोक्ताका बालबालिकाहरुलाई ५० प्रतिशत छात्रबृत्तिको व्यवस्था समेत हुने संस्थाले जनाएको छ ।

मानव शरिरका विभिन्न अंगहरुमा अलकालाइन पानीको मात्रा रहीरहनु पर्ने पानीसँग सम्बन्धित चिकित्सकहरुले बताउँदै आएका छन् । यदि हाम्रो शरिरमा पानीको मात्रामा कमी आउने हो भने विभिन्न रोगहरुले आक्रमण गर्दछन् । अर्को कुरा हामीले पिउने पानी स्वच्छ नभएमा अधिकांश सरुवा रोगहरुले समेत सजिलै आक्रमण गर्न सक्दछन् । वर्षातको समयमा खोला, धारा, कुवा लगायतका पानीहरु अशुद्ध हुने भएकोले पनि त्यसलाई शुद्धिकरण गरेर पिउन जरुरी छ । चिकित्सकहरुले पनि बारम्बार पानीबाट लाग्ने रोगहरु तथा पानीको मात्रा र पानीलाई कसरी शुद्ध गर्ने भन्ने कुरालाई जनचेतनाका रुपमा बताउँदै आइरहेका छन् । हामीले पिउने पानीकै कारण हामीलाई क्यान्सर जस्ता खतरनाक रोगहरुको समेत जोखिम हुने कुरा डा. ओटो ह्यान्रिज वार्बमले सन् १९२३ मै बताइसकेका छन् । उनको यो अनुसन्धानका कारण उनले १९३१ मा नोबेल पुरस्कार समेत प्राप्त गरिसकेका छन । अलकालाइन पानी पिउनाले मधुमेह, थाइराइट, रक्तचाप, जोर्नीको दुखाई, दाद, एलर्जि, अम्लपन, कब्जियत, मुटुको रोग, क्यान्सर, पायल्स, किट्नी र यूरिक एसिड जस्ता रोगहरुबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्दछ ।

हाम्रो शरिरमा २५ वर्षदेखि ३० वर्षसम्म क्याल्सियको उत्पादन अत्याधिक मात्रामा हुने गर्दछ भने ४० वर्षपछि क्याल्सियमको उत्पादनमा कमी आउने गर्दछ । त्यो बेलामा शरिरलाई चाहिने क्याल्सियम हड्डिबाट लिने गर्दछ । यो क्याल्सियम समेत अलकालाइन पानीबाट पूर्ति हुने बताइएको छ भने यो पानीले भान्सा र भान्सेको जीवनशैलीमा परिवर्तन ल्याउने परियोजना भएको बताइएको छ । किनकी भान्सालाई हामीले पहिलो अस्पतालको रुपमा लिने गर्दछौ ।

No description available.
सुर्खेतमा अहिलेसम्म चारवटा समूहहरु बनिसकेका छन् भने एउटा डिभाइसबाट पानी वितरण गर्न थालिएको भगवती विसीको भनाई छ । वर्षायामको समयमा पानीका कारणले धेरै रोगहरु लाग्न सक्ने भएकोले पनि पिउने पानीका बारेमा जानकारी राख्न आवश्यक छ । (यो समाचार आजको सूक्ष्मदृष्टिमा प्रकाशित छ ।)

No description available.

No description available.