Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

राप्ति गेष्ट हाउसबाट हाब्रेकाे छाला र भालुकाे पित्तसहित तीन जना पक्राउ

सुर्खेत ।

बाँकेकाे नेपालगंज उप-महानगरपालिका – १ पुष्पलाल चोक स्थित राप्ती गेष्ट हाउसबाट हाब्रेकाे छाला र भालुकाे पित्तसहित तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । गेष्ट हाउसभित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार उनिहरूलाइ पक्राउ गरेकाे हाे ।

प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेहरूमा दाङ घोराही उप-महानगरपालिका-४ का ४९ वर्षीय भक्त बहादुर पुन, साेही ठाउँका ४१ वर्षीय को केशव पुन र दाङकाे शान्तीनगर गाउँपालिका- १ वस्ने २९ वर्षीय रोबिन बुढा रहेका छन् ।

उनिहरूका साथमा संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, भालुको पित्त जस्तो देखिने वस्तु चार (४) वटा फेला पारी बरामद गरेको प्रहरी कार्यालयले बाँकेले जनाएकाे छ ।

उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेकाे छ भने पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा बुझाइएको जनाइएकाे छ ।