Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

थप १,८७५ जनामा कोरोना संक्रमण, २१ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८७५ कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा  कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । पछिललो २४ घण्टामा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।