Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आममाफी दिएर भएपनि पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भएपनि बाटो विराएकालाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

आममाफी दिएर भएपनि पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

विहीबार सम्पन्न एमालेको दशौं केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

 बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।’

उहाँले भन्नुभयो–अध्यक्षले पार्टी एकता सुदृढ गर्ने गरी र पार्टीमा आउन चाहेन साथीलाई विगतका गल्ती बिर्सिएर पनि स्वागत गर्न सकिने बताउनु भएको छ ।

बाटो बिराएका, आन्दोलनको अहित हुने गतिविधिमा संलग्नलाई कमी कमजोरी सच्याएर आउनका लागि अपिल गरिएको ज्ञवालीले बताउनुभयो ।

जनताको नजरमा भरोसा गर्न सक्ने बनेर काम गर्न केन्द्रीय सदस्यलाई अध्यक्षले निर्देशन दिनुभएको पनि ज्ञवालीले बताउनुभयो ।

 छलफल चलिरहेकाले एकताका मामला ठोस निर्णय भने नभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।