Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

नेपालको सत्ता परिवर्तनमा विदेशी शक्ति किन सफल भयो

विशाल नेपाल एकिकरणमा ठुलो वाहुवल खर्चेका भिम सिं थापा दलाल दरवारिया षयडन्त्र जालोमा परि दर्दनाक जेलमा नै आफै सेरिएर मृत्युवरण गरेका थिए । काजी भिम मल्ल तिब्वत सगं व्यापार सम्झौता गरि ल्हासामा कमाएको धन स्वदेशमा ल्याउन पाउने सन्धी गरे । नेपाल फर्कदा नराम्रो सन्धी गरेर आए भनि दरवारिया दलालहरुले राजालाई कुरा लगाउ“दा राजाले वाटोमा नै काटने आदेश गरी काटिएका थिए । भिम मल्लसंग उनको श्रीमती सती जाने वेला नेपालमा भलो गर्नेको कहिले भलो नहुनु भनि श्राप गरेकी थिईन । नेपाल राज्य विस्तार क्रममा हालको भारतको कुमाउ गढवाल, नालापानी, जैथक का“गडा किल्लामा विर गोर्खालीहरुले ठुलो वहादुरी देखाउदै कविला राज्य नेपालमा मिलाउदै थिए । साम्राज्यवादी अंग्रेज भारतीय उप महादिपमा साम्राज्य फैलाउन मानिस सट्टा मेसिनवाट उत्पादित बस्तु विक्रि बजार वनाउन आधुनिक हातहतियार राइफल लिएर उपस्थित भयो । पश्चिम विस्तारको क्रममा अंग्रेजी आधुनिक फौज हतियारसंग जैथक नालापानी का“गढा किल्लामा खुुकुरीको भरमा अंग्रेजलाई हारामारी खेलाईरहेका थिए काजि थापा खलकले । पूर्व दार्जिलिङ सिक्किम दक्षिण मधेश ठूलो भू–भागमा अंग्रेजी सेनापति समेत खुकुरीले काटेर थर्थर् वनाएका थिए । त्यही समयमा पूर्व दार्जिलिङ सिकिमा दक्षिण मधेशको ठुलो भू–भाग र पश्चिम महाकाली पारी विजित सवै भुमि दिएर ई.स.१८१६ को सुनौली सन्धी अंगे्रज सरकारसंग दरवारिया गुठले ग¥यो । यहि सन्धीवाट मर्माहात भएर काजी प्रधान सेनापति अमर सिं थापा घोडामा गै गोसाई कुण्डमा फालहालेर मृत्युवरण गरे । त्यो इतिहास हेर्दा पढ्दा महान नाटककार वालकृष्ण समले अमर सिहं नाटकमा सृजना पोखिन्छन ।

पृथ्वीवहादुर सिह

हजारौं सिपाई मार्न लगाउ“छ विर सरदारले ।
देश विग्रहमा सम्झौता गर्छ त्यो दरवारले ।।

अझै पनि नेपालको दरवारमा राष्ट्रभक्त दरवारियाहरुको ठूलो पंक्ति थियो । त्यो शक्तिलाई सखाप पनि अंग्रेजले पहिलो कुटनैतिक राजदुतावास काठमाडौंमा नै खोल्यो । दरवार भित्र सत्ताको आन्तरिक खिचातानीे पत्ता लगायो । जेठी महारानी सम्राज्य लक्ष्मीदेवीको मृत्युपछि कान्छी महारानी लक्ष्मीदेवीको शासन शक्ति वृद्धी हुन गयो । वुद्धि नभएका राजा राजेन्द्र विक्रम शाहको जंगवहादुर राणा आठपहरिया हुन पुगे । आफ्नो चतुर चलाखी वहादुरी देखाएर प्रभावित पार्न जगंवहादुर सफल हुन पुगे । काजी गगन सिहं थापासंग अनैतिक संम्बन्धमा वा“धिन कान्छी महारानी पुगिन् । गगन सिहंको सत्ताबलवाट आफ्नो छोरा रणेन्द्र विक्रम शाहलाई युवराज घोषना गर्न लगाई राजा वनाउने महत्वाका“क्ष्ाँ राखेकी थिईन् । लेÏटीनेन्टमा प्रमोशन भएका जंगवहादुरले आफना मामा गगन सिं थापाको सत्ताको बलको चर्तिकला नजिकवाट निहालिरहेका थिए । उता चतुर वेलायती साम्राज्यवाद राष्ट्रवादी दरवारिया शक्तिको षडयन्त्र पूर्वक कात्ले आम गरेर जंगवहादुर जस्ता वज्रस्वाट निर्दयीलाई सत्तामा ल्याएर आफनो स्वार्थ अनकुलको निर्देशन सत्ता चलाउने र विर गोर्खाली युवाहरुलाई आÏनो साम्राज्यहरुमा उठ्ने जनविद्रोह दवाउन प्रयोग गर्ने योजना वनाईरहेको थियो ।

निरंकुश तानाशाहाको सपना देखाएर कान्छी महारानीका प्रिय पात्र यात्रा गगन सिं को हत्या गरेर राष्ट्रवादी दरवारियाहरुको षडयन्त्रमा हत्या गराउने सल्लाह जंगवहादुरले प्राप्त गरिसकेका थिए । एक वेलुका अध्यारो भएको समयमा आफनो घरको कोठामा पूजा गर्न वसेका गगन सिंलाई हत्या गर्न लाल झाको घरका छानामा स्त्री भेषमा चढि झ्यालवाट गोली हानी हत्या गरियो । यो हत्या भएको तुरुन्त कान्छी महारानी कहा“ राती नै खवर जंगवहादुरले गरे ।

आफ्नो प्रेमिका र उद्देश्य पुरा गराउने काजीको हत्या भएको खवरले हत्या भएको स्थानमा रानी पुगिन् । त्यही उनि आगो हुँदै राती नै सम्पूर्ण भाई भारदारलाई हनुमान ढोका कोतमा विना हात –हातीयार उपस्थित हुन हत्यारा पत्ता लगाउन जंगवहादुरलाई अराईन । राती नै विगुल वजाएर कोतमा वोलायो । विना हतियार सवै भारदार कोतमा जम्मा भए । जंगवहादुरका भाइ र उनका मतियार हतियार सहित उपस्थित भए । रानी वस्ने खोपिमा जंगवहादुर उनका भाइ वमवहादुर अंगरक्ष्ँक रुपमा खडाभएका थिए । रानी क्रोधित हु“दै गंगन सि को हत्यारा को हो भन्दै थिईन । विरकिशो पाण्डे र क्याप्टेन अभिमान सिं वस्नेतले त्यही जंगवहादुर हो भन्दा जंगवहादुरले आफना भाइ वम वहादुरलाई दुवैलाई काट्न लगाए । अभिमान सिह वस्नेतले मर्ने अवस्थामा हात पन्जामा वगिरहेको रगत दरवारको दिवारमा छाप लगाउ“दै मार्ने गंगन सि को हत्यारा जंग नै हो भनेका थिए । त्यो भिषण हत्या काण्डमा उच्च दरवारिया भाइ भारदारहरु मध्य ५५ जनाको पहिचान खुल्ने नाम जनाएको छ । त्यसपछिका वा“की राष्ट्रवादी दरवारिया शक्तिहरु भण्डारखाल पर्वमा २३ जनको हत्या जंगवहादुरले गरे । कोतपर्वमा वत्तीको ध्वासो लगाएर रानीले श्री ३ काजी हुकुमी हुनु भनि पन्जा छाप लगाईन । त्यसपछि काफर राजा सुरेन्द्र विक्रमलाई काजी जंगवहादुर पछि उनका भाइ छोरा परिवारमा श्री ३ जाने हुकुम पनि उनिहरुले गर्ने पाउने लालमोहोर लगाउन लगाएर जंगवहादुरले सत्ता लिए यो पर्व पछि अंग्रेजले जंगवहादुरलाई युरोप भ्रमणको निम्तो दियो । जंगवहादुर हिन्दुको सवैभन्दा ठुलो पद पाएको युरोप घुम्ने पहिलो हिन्दु सामान्त थिए । देशको ढुकुटीवाट धेरै रकम लिएर भाइ वमवहादुरलाई .प्र.म. को अख्तियारी दिएर दल बल सहित युरोपको एकवर्ष अवलोकन गरे । वेश्या गमन गरेर लाखौलाख रुपैया खर्चेर नेपाल फर्किए । वि.स १९१० मा पहिलो लिखित संविधान जारी गरे । यही संविधानमा टेकेर हिन्दु धर्म, जातजाति, वर्ण, लिङ्ग अलग अलग गरी अत्यन्त वरवरकानुन वनाए । १०४ वर्षसम्म अन्धकार कालकोठरीको शासन नेपाली जनता माथी लगाएर नारकिय शासनको ज्यादती नेपाली जनताले भोग्नु पर्यो । सम्पूर्ण राज्यको कर ढुकुटी राणा परिवारले मोज मस्ती र निजि वनायो । शासन सुधार गर्ने राणा शासकहरु ढुकुटीवाट जति सक्यो रकम दिएर विर्ता दिएर काठमाडौंवाट लखेटिए । देशका जनतालाई धर्मजातका नाममा हत्या हिसां मानवताको खिल्ली उडाईयो ।

साम्राज्यवादी अग्रेजले आफनो देशमा वहुदलीए प्रजातन्त्र संसदिय राजतन्त्र स्थापित गरेर पुजिवादी विकाश गरी संंसार कब्जा ग¥यो । उसको सम्राज्य वचाउन उठेको जनविद्रोह दबाउन जंगवहादुरले भारतिय शैनिक युनिटमा गोर्खा भर्ति केन्द्र खोली त्यस वापत आउने कर राणा परिवारको हुने सर्तमा देशका युवा भाडामा पठायो । प्रथम दोस्रो साम्राज्यवादी युद्ध भारत पाक चिनी युद्धमा लाखौ नेपाली युवाहरुले ज्यान गुमाए । युवासंग वैवाहिक सम्बन्ध वा“धेर युवतीले जिवनमा यौन तृप्ती मेटाउन पाईनन् । पेन्सिन खाएर यौवन सक्ने युवतीहरु ठुलो लास्कर लाग्यो । अहिले पनि वेलायत र भारतिय शैनिकमा कार्यरत मृत्यु हुनेहरुको पेन्सीनमा युवतीहरु अतालिरहेकी छिन ।

भारतिय उपमहादिपमा साम्राज्यवादी अंग्रेजले भारतिय जनताको अत्यन्त वर–वर शोषण दमन ग¥र्यो । तरपनि भारतियहरुले ई.स १९४७ मा वेलायती उपनिवेशवाट छुटकारा गराए । यो भारतिय क्रान्तिमा शासन सत्तावाट हराईएका कविला राजपरिवारहरु र तिनका प्रोहितहरुको अहिंसा आन्दोलन थियो । मजदुर किसानको साथ लिएर यि प्रायः अंग्रेजका मतियार नै वहुदलिय प्रजातन्त्रमा विभिन्न पार्टी भित्र नेत्रृत्वमा रहेका थिए । प्रायः प्रजातन्त्र प्राप्त गर्ने सेनानीहरु वेलायतको अक्सफोर्ड विश्वविद्यालय अध्ययन गरेका एजेन्ट थिए । उनिहरुले पनि वेलायती वहुदलिय संसदिय प्रजातान्त्रिक व्यवस्था जस्तै अनुकरण गर्ने राज्य व्यवस्था संविधान तयार गरे । भारतमा अंग्रेजी शासनलाई सघाएवात सामान्त जिमिदार कविला राज्यका रजौटा सहन शाहहरुको सम्पत्ति अधिकरण गरिएन । सजिलै सवै प्रकारका पार्टीहरुमा कविला राज्यका रजौटाको प्रोहित अंग्रेजी सत्तामा वसेका स्थायी सत्ताका दलालहरुलाई पार्टीलाई भेटी चढाए वापत सकुशल नेतृत्वमा लगियो । त्यही भारतिय वहुदलिय प्रजातान्त्रिक नेतृत्वको सरकारले सरकारको सहयोगमा वि.स २००७ सालको राणा विरोधी क्रान्तिको नेतृत्वमा नेपाली का“गे्रसको नेतृत्वमा आन्सिक रुपमा सफल वन्न पुग्यो । भारतिय कविला रजौटासंग वैवाहिक सम्बन्ध जोडेको राणा, शाही परिवार सक्ुशल वहुदलिय प्रजातन्त्रमा अवतरण गराउन त्रिपक्षिय दिल्ली सम्झौता गराउन र गोर्खाली युवाहरुलाई भाडामा आफनोे स्वराजको सुरक्षा गर्न नेपालको प्राकृतिक संम्पदा र मानविय श्रम लुट्न ई.सं १९५० को दिल्ली सम्झौता नेहरु सरकारले आफ्नो उपस्थितिमा गरायो । त्रिपक्षिय दिल्ली सम्झौताले प्रजातन्त्र प्राप्ति पछि पनि १०४ वर्ष नेपाल नेपालीलाई वह्रमलुट गर्ने राणा परिवारकै मोेहन सम्शेर प्रथम प्र.म बने । यहिवाट नै अंग्रेजको दलाल गर्ने नेपाली गर्ने सत्ता भारतिय शासकको दलाल वन्न शुरु भएको हो । भारत स्वतन्त्र भएपछि गृहमन्त्री वनेका सरदार वल्लव भाई पटेलले अंग्रेजको आडमा कविला राज्य गर्ने रजौटाहरु विशाल भारतमा एकिकरण गरेका थिए । गृहमन्त्री वनेका सरदार वल्लव भाई पटेलले एकदिन महात्मा गान्धी र प्र.म जवारलालनेहरु वसेको स्थानमा गएर भनेछन “आप दोनौ चाहेतो आज जाकर कल नेपाल लेकर आते है † दुवैले भने छन, आपने मे रहेन नेपालको लालच नै कर्ना ओ देश हाम्ररा काम आएगा ” । हुनपनि अहिलेसम्म नेपालको विकाश गर्नुपनि पर्दैन † भारतले सत्ताका दलाल टपरेहरु फेरवदल गरेर वहुमुल्य प्राकृतिक सम्पदा मानविय श्रम लुटन पाईरहेको छ । सिमा शुरक्षाको रक्षा कवज भैरहेको छ नेपाल ।

भारतमा वहुदलिय प्रजातन्त्र स्थापनापछि कृषिमा व्यवसायीकरण औद्योगिककरण तिव्ररुपले भारतिय समान्तवाद पूजिवादमा रुपान्तर भएर गयो । पूजिवादले आफ्नो सत्ता टिकाईरहन जातिवाद, भाग्यवाद, भगवानवाद, अन्धकारमा सर्वहारा किसान मजदुरहरुलाई राखिरहन भारत वर्षका विभिन्न स्थानमा ठूलाठूला धार्मिक पिठहरु स्थापना गरेको छ । हामी नेपालीहरु पनि जन्म मृत्यु वृद्ध हु“दा अरवौं खर्चेर ति तिथाटर्न गर्दछौ † भाग्यवादको वर्को ओडेर आउछौं । स्व. राजा विरेन्द्रले शान्तीक्षेत्र घोषणाको मागल्याउ“दा संसार भरका देशहरुले समर्थन गरे भारतले गरेन । उनको नारायणहिटी राजदरवारमा स–परिवार अशान्तीवाट हत्या भयो । २००७ सालदेखि अहिलेसम्म मेरो देशमा भएका उथलपुथल भारतिय शासकहरुको निर्देशनबाट अवतरण समेत गरिएको छ । दिगो सरकार बन्न लागे, नेपालले विकाशको रुढ लिन लागे, दरवार फुकाउने, दल फुटाउने, सत्ता फुटाउने आफ्ना दलाल सत्तामा पु¥याउन भारतिय पूजीपति गुठ संगठन नेपालमा चलखेल गर्दै आएको छ । सल्लाहले नपुगे संसद खरिदको अनुदान दिन्छन । नेपालका राजनैतिक गर्ने दलाल टपरेहरु कसले के खान्छन भन्ने जानकार छ भारतिय पूजिपतिहरुको संगठन ‘ र ’ र भाडाको सरकार ।

नेपाललाई पुनः प्रजातन्त्र प्राप्त पछी विकाश निमार्ण हुन नदिन २०५१ को मध्यावतीवाट शुरु भएर शसस्त्र १० वर्ष द्धुन्द्ध भारतिय भुमिमा वसी दलाल प्रचण्ड, डा. वावुरामले देशको ठुलो धनजन ध्वस्त गरे । साम्यवाद लिन हिडेका यि दलाल पण्डाहरु फेरी १२ बु“दे दिल्ली शान्ति सम्झौता गर्न पुगे । संविधान निर्वाचन गरेर राज संस्था अन्त्य गरेर मेरो देशका दलाल सत्तामा पुग्न पु¥याउन खेलमा भाडा“का दलालहरु अहिलेसम्म विजयी भएका छन । ८ वर्ष सविधान निमार्ण गर्दा लाग्यो आप्mनो कनुकूल भएन भनि घोषणा पछि भारतले ४ महिना नाका वन्दी लगायो । जनताले तत्कालिन सरकारको साथ दिएपछी मधेशको आन्दोलनले संविधान संशोधन गर्न वल नपुग्दा अन्तराष्ट्रिय जगतको आलोचना खेप्दा र उत्तर तिरको नाका खोल्न चीन सकारात्मक हुदा“ वल्ल भारतले नाकावन्दी खोल्योे । करिव ७२ वर्षसम्म वहुमतको कम्युनिष्ट सरकार भएपछी यो बिधि नीति वसाल्छौ । विकाश गरी मानविय जिवन सुखी सम्पन्न वनाउने छौं । भन्ने लामो दुहाईपछि शसस्त्र युद्ध गरेको माओवादी केन्द्र र एमाले पार्टी मिलेर आउ“छौ विजयीको दुईतिहाई मत देउ । वहुमत सरकारमा कम्युनिष्ट भनाउदा भोकाहरुलाई पठाए । यहि विन्दुवाट भारतीय र पश्चिमाका संसार ठगेर धम्काएर खाने अन्तराष्ट्रिय पूजिपतिहरु झस्के । भारतका ठुलो जनसंख्या भएका राज्य विहार, यु.पि, दिल्ली, पंन्जाव, उत्तराखण्ड, पश्चिमवंगाल नेपालसंग खुला सिमाना जोडिएका छन । नेपालमा कम्युनिष्ट सरकारले जनपथ विकाश जीवनयापनमा समाजवादी साझा नीति नियम वनायौ भने भारतिय जनता विउझिन्छ । हाम्रो पूजिपतिहरुको अतिरिक्त पूजी कमाई विभिन्न भाग्यवादमा उज्यालो प्रकासन आउने छ भनि शुरुमा संविधान नै घोषणा गर्न नदिने घोषणा भएपछी नाका बन्दी भोग्नु प¥र्यो नेपालले । त्यसरी पनि कम्युनिष्ट एकता सरकार वनेपछि एकद्वार व्यापार प्रणालीलाई चुनौति दिन उत्तरी नाका खोलाउन पहलले भारतिय पूजिपतिको भाडाको सरकार आगो वन्दै गयो । अमेरिकी एमसिसी चेलेन्ज चीनको वि आर. आई रोड रोक्न नसक्दा अमेरिकी एमसिसी चेलेन्ज पनि विभिन्न पार्टी नेतृत्वका भिखारीहरु खरिद गर्दा संंसदमा एमसिसी चेलेन्ज पास गर्न भ्यागुते कराई गर्ने थाले । नेपालका ससंदिय मोर्चामा गएका भेडाहरु हरियो घा“स साम्राज्यवादी भारतिय प्रभुत्ववादीले देखाईदिए भने अनेकौ भाखामा कराउ“छन । राष्ट्रिय जनजिवीको सवालमा कम्युनिष्टहरु अडिग हुन्छन् भन्थे सा“च्चै हो की होईन भनि नेकपा दुईतिहाई वहुमत ल्याएको पार्टीको सरकार र नेतृत्वलाई हरियो घा“स देखाई दिदा एकले अर्काको खुट्टा ताने गु लडाई यो डेढ वर्षमा लडे । सामान्त गोयलहरु राज्य चलाउनेदेखि विघटन संसद पुनस्र्थापना जोईल गएका शेरवहादुरलाई सम्म प्र.म वनाउने दुई तिहाईको वहुमत सरकारको ढलाउने मात्र होईन जनतावाट सदाका लागी कम्युनिष्ट विदाई गर्न सफल भए । हाम्रो देशको कम्युनिष्ट माथि चिसोपानी खनाउन सफल भए भारतिय पूजीपतिको संंगठन ‘र‘ का प्रमुख सामान्त गोयलहरु । अमेरिका एमसिसी चेलेन्ज पास गराउनन् कम्युनिष्ट सरकार अन्त्य गरेर तिब्वत सम्पर्क वढाउन सजिलो पथका मालिक शेरवहादुर देउवाको सत्ता ल्याउन यि दुवै देशका ले कम्युनिष्ट भनाउदा भिखारीहरुलाई बगरेका खसि बाख्रा वनाएर नेपाल र प्रचण्ड डा.वावुराम नेतृत्वमा खरिद विक्रि गरी डंका फुकिरहेका छन ।

प्राप्त उपलब्धी गुमेपछी त्यो उपलब्धी नेपालमा नआउन सक्छ । अफगानस्थान, कम्वोडिया, व्रोनाई, सोभियत रुसमा फेरी त्यो मौका फर्केर आएन । अव नेपालमा यहि जनताको वहुदलिय जनवाद अंगीकार गरेको कम्युनिष्ट पार्टीलाई जनताले मत पनि दिदैनन ।

विजयी भएर सत्ता वनाउने त सपना लोक हुनेछ । ३२ वर्षमा २६ वटा सरकार परिवर्तन भए । नेपालको सत्ता परिवर्तनमा विदेशी शक्ति किन सफल भयो ? यस्तै यस्तै गुमस्ताहरुको इतिहास लुकेको छ । के.पि ओलीको पतन शेरवहादुरको आगमनमा स्वाभिमान भएका जनसेवामा रहने नेपालको अहिलेसम्म त्यस्ता नेतृत्वलाई सकभर अनेकौ षडयन्त्रमा मार्ने कुटुम्वनी दिदी, फुपु लगाएर खानामा विषहालेर मारिएका सिजा साम्राज्यमा उत्पन्न लछाल कृतिहरुको लामो श्रृङ्खला छ । बरु यस्तै पार्टी भत्काउने देशकै सिमा काटेर दिने, सत्ता चलाउने, हत्या गराउने विजयराज पाण्डे, जंगवहादुर जस्ता राष्ट्रघाति नायक कम्युनिष्टका नाममा कम्युनिष्ट सिध्याउने खाना पाएपछि पार्टी फुटाउने, सरकार ढलाउने, उठाउने सिखण्डीहरुको बोलवोला हुदै आउ“दा दुई तिहाई जनतमतवाट विजयी पार्टी घर न घाटको भएर निलो आकाशतिर हेरेर टोलाईरहेको छ । मालिगाई जस्ता जनता भने यो कस्तो चटकी ना“च्न हो भनि ति कम्युनिष्ट युवाहरु तिर हेरेर किम कर्तव्य विमुध वनिरहेका छन । केहि वर्ष सत्ता स्वादले भर्खर तल खसेका टपरे दलालहरु भने गल्ली गल्ली टोलटोलमा गै मिडियामा बौरिरहेका छन । यस्ता महान साम्यवादको कुम्लो वोकेर गन्तव्य कहा“ हो थाहा नभएका काम्रेडहरुलाई मेरो सलाम ।

अहंकार जगमा विनास विउ रोपिएको हुन्छ । महाभारत अमृत वचन

मेरो डायरीको पानावाट २०७८/०३/४
वि.न.पा १० दिपनगर सुर्खेत