Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

थप २,९७७ जनामा कोरोना संक्रमण, १८ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट थप १ हजार ६७८ जना कोरोना  संक्रमणमुक्त भएका छन् ।