Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट प्रभावित

जुम्ला ।

जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले नगरपालिको बजेट प्रभावित भएको छ ।

सो नगरपालिको बजेटसहित सेवाप्रवाहको कामसमेत   प्रभावित भएको  यहीँका स्थानीयवासि बताउँछन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेको विवादका कारणले आर्थिक बर्ष २०७८।२०७९ को बजेट समेत आउन नसकेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख सेजुवालले बहुमतले असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो । यता नगरउपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको बताउनुभयो  । वैधानिक रुपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको सो नगरपालिका  कर्मचारी बताउछन् ।

प्रमुख र उपप्रमुखको  विवाद थेग्न नसकि सो नगरपालिका  कर्मचारीहरुलाई समेत काम गर्न कठिन भएको नगरपालिका  कर्मचारीहरु बताउछन् । नगरपालिकाको राजश्व शाखामा राजश्व वुझाउन आएका सेवाग्राहीहरु पनि कठिन भएको बताउछन् । राजश्व परामर्श समितिको वैठक नवसेर राजश्व उठाउन समेत कठिन भएको छ । यता राजश्व समितिको वैठकमा आफुलाई कहिल्यै नवोलाएको नगरप्रमुख सेजुवालले बताउनुभयो । राजश्व महत्वपूर्ण हो तर पेलेर बजेट ल्याउन प्रयास गर्ने भएकाले समस्या भएको उपप्रमुख न्यौपानेले बताउनुभयो ।

चन्दननाथ नगरपालिका( १० स्थानीयवासि तुफान शाहीले राजश्व तिर्न समेत समस्या भएको छ । यो कार्य नगरपालिकाको राम्रो नभएको बताउनुभयो ।  सो नगरपालिका (१० का स्थानीयवासि मुनबहादुर नेपालीले जनप्रतिनिधिले राजनितिकरण गरेका कारण सेवाग्राहीहरुलाई समस्या भएको बताउनुभयो । नगरपालिकाका राजश्व शाखाका कर्मचारी कमल भण्डारीले राजश्वको रेटदर कायम गर्न नसकेका कारण सेवाग्राही समस्यामा परिरहेको बताउनुभयो ।

नगरको समृद्धि सँग जोडिएको बिषलाई जोडेर बजेट ल्याउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ पौडेलले बताउनुभयो  ।

वडानम्बर ८ का वडाध्यक्ष नरजित दमाईका अनुसार नगरको प्रमुख र उपप्रमुखलाई बजेट चाडै ल्याउन अनुरोध गर्नुभयो । १० गते सम्म बजेट ल्याउने तयारी भईरहेको बताउनुभयो  ।

 आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन बर्षमा सार्वजनिक सुनुवाई समेत गर्न सकेको छैन् । स्थानीयहरु नगरपालिकाले गरेका कामहरु जानकारी नभएको भन्दै यहाँका स्थानीयवासि आक्रोसित हुदै आएका छन् ।हिटा

Views: 46