Loading... आजः ८ आश्विन २०८३, बिहीबार । Thursday 24th September 2026

एकैदिन ३,८९९ जनामा कोरोना संक्रमण, २० संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर थप ३८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न अस्पतालमा  १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय  ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये २७ सय २६ जनाको पीसीआरबाट र ११ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा  थप १७ सय ७८ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४.४ प्रतिशत हो ।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।