Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

वीरेन्द्रनगरबाट हाेटल सञ्चालकसहित आठ जना जुवाडे पक्राउ

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हाेटल सञ्चालक र सात जना जुवाडे पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोड सञ्चालित सुर्खेती स्टाफ होटलबाट जुवाडे पक्राउ परेका हुन् ।

प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी निरीक्षक शाहीका अनुसार जुवा खेलिरहेको अवस्थामा २ लाख १४ हजार नगद, १३ वटा खाली (ब्ल्यांक) चेक र एक गडि ताससहित उनिहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा हाेटल सञ्चालक सकुन्तला न्याैपानेसहित दैलेखकाे चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ काे बखत शाही, अछामकाे तुर्माखात गाउँपालिका २ काे जिवन शाही, दैलेखकाे गुराँस गाउँपालिका १ काे पदम सलामी मगर, सुर्खेतकाे चिंगाड गाउँपालिका १ काे बलबहादुर बाह्रघरे, दैलेखकाे गुराँस गाउँपालिका ६ काे यामबहादुर राेकाय र दैलेखकाे चामुण्डा बिन्द्रासैनी नगरपालिका २ काे  किरण बहादुर विष्ट रहेका छन् ।