Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

युवाहरुले दुव्र्यसनीमा होइन, उद्यममा जोड दिनुपर्छ ः मन्त्री बुढाक्षेत्री

सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरु लागूऔषधको दुव्र्यसनीमा फस्नु भन्दा उद्यममा जोड दिनुपर्ने बताएका छन् ।

बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
‘पछिल्लो समयमा युवाहरु लागूऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ । यसले समाजलाई क्षति पु¥याउँछ । हरेक दृष्टिकोणले पछि परेको कर्णाली जस्तो प्रदेशका युवाहरु अब दुव्र्यसनीमा होइन उद्यममा लाग्न जरुरी छ,’उनले भने, ‘त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय विच आवश्यक सहयोग र समन्वय गर्न तयार छ ।’

उनले केही गछौं भनेर योजनासहित आएका युवाहरुलाई सरकारले आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भाइरल हेपाटाइटिससँग बाँचिरहेका र अत्यन्त जोखिम समुदायहरुका स्वास्थ्य र उपचारको अधिकार सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालय कुनै कसर बाँकी नराख्ने मन्त्री बुढाक्षत्रीले बताए ।

रिकभरिङ नेपालपुर्व लागूऔष प्रयोगकर्ताहरु तथा उपचार तथा क्षतीन्यूनिकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकोले पनि युवा लक्षित कार्यक्रमको समन्वय गर्न आफुहरु तयार भएको महासंघका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले बताए ।

महासंघले विश्वभर ११ करोड भन्दा बढी व्यक्तिले इन्जेक्सनमार्फत लागूऔषध सेवन गर्ने कुरा अनुमान गरिएकोले ती मध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकोले यसमा सरोकारवालाले समयमा नै ध्यान पु¥याउन नसके ठुलो समस्या निम्तिन सक्ने जनाएको छ ।