देशभर थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टमा देशभरबाट थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना संक्रमति थपिएका छन्। जस अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना संक्रमित थपिएका हुन्।
नेपालमा कोरोना संक्रमणको दर औसतमा २४ दशमलब ०२ प्रतिशत रहेको छ ।






