थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ
पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । ती मध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् । ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।






