Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

लयर्स एसोसिएसनमा पुनः सापकोटा

सुर्खेत |

प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संगठन डेमाक्रेटेभि लयर्स एसोसिएसन सुर्खेतले सात सदस्यीय कार्य समितिको चयन गर्दै साधारणसभा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न गरेको छ ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा गठित एसोसीएसनका अन्य प्रतिनिधिहरु उपाध्यक्षमा अधिवक्ता भानुभक्त गौतम, सचिव अधिवक्ता नारायण प्रसाद कंडेल र कोषाध्यक्षमा अधिवक्ता उत्तम प्रसाद आचार्य छन भने सदस्यहरुमा अधिवक्ता गणेश भक्त केसी, अधिवक्ता लोक बहादुर ढकाल र अधिवक्ता खेमराज तिवारी रहेका छन् ।

साधारणसभाले केन्द्रीय प्रतिनिधित्वका लागि अधिवक्ता धु्रवकुमार श्रेष्ठ, अधिवक्ता विवस कुमार बस्नेत, अधिवक्ता डा. अर्जुन ऐडीलाई सर्वसम्मत रुपमा चयन गरेकोछ । संस्थाको अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा अधिवक्ता डा. अर्जुन ऐडी, अधिवक्ता गणेश कार्की, अधिवक्ता धु्रबकुमार श्रेष्ठ, अधिवक्ता नारायण कोइराला, अधिवक्ता नरेश ढकाल, अधिवक्ता श्रीधर पौड्याल, अधिवक्ता हिमालयजंग शाही लगाएतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।