स्व. थापाको सम्झनामा श्रद्धाञ्जली सभा
दैलेख ।
नेपाली काँग्रेस दैलेखका पूर्व सभापति एवम् शिक्षाप्रेमी स्व. जगतजंग थापाको ४५ औं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

निकै लामो समय काँग्रेसको राजनीति गरेर समाजसेवा गरिरहनु भएका थापा दैलेखको शिक्षाक्षेत्रको समेत एक उज्जवल नक्षत्रको रुपमा मानिनुहुन्छ । कोरोनाका कारण गत असार २१ गते उहाँको निधन भएको थियो ।
श्रद्धाञ्जली सभाका वक्ताहरुले थापाको निधनले दैलेखमा काँग्रेसलाई मात्र होइन शिक्षा क्षेत्रलाई समेत अपुरणिय क्षति भएका बताएका छन् । स्व. थापाको श्रद्धाञ्जली सभामा बोल्दै दैलेखमा काँग्रेस एकजुट भएर अगाडि बढ्न सके मात्र थापाको सपना पूरा हुने बताएका छन् ।
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस दैलेखका विभिन्न कार्यकर्ताहरु तथा घरपरिवारका सदस्यहरुका साथै आफन्त र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।






