Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

डा. अधिकारीलाई साहित्य सन्ध्या सहभागीता पुरस्कार

सुर्खेत ।
साहित्य सन्ध्याले वर्ष २०७७ का विभिन्न पुरस्कारहरु अर्पण गरेको छ । जस अन्तर्गत डा. राजेन्द्रप्रसाद अधिकारीलाई पाँच हजार नगद राशीको साहित्य सन्ध्या सहभागीता सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले प्रमुख अतिथिको आशनबाट उक्त पुरस्कार अर्पण गर्नुभएको थियो । जुम मार्फत भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कूलपति उप्रेतीले डा. अधिकारीसहित साहित्य सन्ध्या सहभागीता पुरस्कार तथा सम्मान अनिता लामालाई, साहित्य सन्ध्या कृबा पुरस्कार तथा सम्मान डा. शेषराज आचार्यलाई, साहित्य सन्ध्या मन पुरस्कार तथा सम्मान दिलबहादुर कार्कीलाई र साहित्य सन्ध्या हरिप्रिया–हरिप्रसाद चापागाई नियात्रा पुरस्कार तथा सम्मान प्रतिक ढकाललाई प्रदान गरिएको छ ।
नेपाली भाषा साहित्यको जगेर्नाका लागि २०३९ सालमा स्थापना भएको साहित्य सन्ध्याको यो ४१९ औं श्रङ्खला हो । यस भन्दा अगाडि साहित्य सन्ध्याले ५७ जनालाई सम्मानीत तथा पुरस्कृत गरिसकेको छ ।

आफूले प्राप्त गरेको सम्मान तथा पुरस्कारले साहित्यका क्षेत्रमा निरन्तरतासँगै जिम्मेवारी थपेको बताउँदै सम्मानीत स्रष्टा डाक्टर अधिकारीले आफूले प्राप्त गरेको पुरस्कार राशीमा त्यत्ति नै अरु नगद थपेर रु १० हजार कर्णाली साहित्य समाजको अक्षयकोष स्थापनाका लागि प्रदान गरेको घोषणा गर्नुभयो । डा. अधिकारीले साहित्य क्षेत्रमा दिएको निरन्तरता र सहभागीताका लागि उक्त पुरस्कार तथा सम्मान गरेको साहित्य सन्ध्याका अध्यक्ष राम बिनयले बताउनु भयो ।