जन्मदिन मनाउन मानवसेवा आश्रममा
सुर्खेत ।
हाल अमेरिकामा बस्दै आउनु भएकी समाजसेवी जयन्ती थापाले आफ्नो आमा पार्वती थापाको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई १५ हजार मूल्य बराबरको सिलिङ्ग फेन हस्तान्तरण गर्नुभएको छ । पार्वती थापाले आफ्नो ५८ औं जन्मदिन वीरेन्द्रनगर नगरपालिका १२ मा रहेको मानवसेवा आश्रममा जन्मदिन मनाउनु भएको छ । उक्त अवसरमा मानवसेवा आश्रमलाई फेन हस्तान्तरण गरिएको हो ।
आफूले मानवसेवा आश्रम आएर जन्मदिन मनाउन पाएकोमा खुसी व्यक्त गर्दै पार्वती थापाले भन्नुभयो, हामीले फजुल रुपमा खर्च गर्नुभन्दा यस्ता अवसरहरुमा दीनदुखीहरुको सेवा गर्नु नै साँच्चिकै जन्मदिन मनाएको जस्तो हुन्छ । जुन कार्यका लागि छोरी जयन्तीले सहयोग गरेकी छन् । छोरीको यो कार्यले आफूलाई असाध्य खुसी लागेको पार्वती थापाको भनाई थियो ।
पछिल्लो समय थापा दम्पत्ति धर्मजंग थापा र पार्वती थापा पनि छोरी जयन्तीसँगै समाजसेवा गर्दै आउनु भएको छ । जीवनमा केही कमाउनु छ भने मानव सेवा कमाउनु रहेको पार्वती थापाका श्रीमान् धर्मजंग थापाले बताउनु भयो ।










