Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं ।

नव गठित नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुनु भएको छ ।

आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन हुनु भएको छ ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहनुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् । एकीकृत समाजवादीले वर्तमान सरकारमा जाने बताइसकेको छ । त्यसका लागि संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार अध्यक्ष नेपाललाई दिने प्रस्ताव गरेको छ ।