Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

मुगालीको आयुर्वेद उपचारमा बढ्यो आकर्षण

पछिल्लो समय मुगुका स्थानीयवासीहरूको आयुर्वेद उपचारमा आर्कषण बढेको छ । जिल्ला अस्पताल ठिनी मुगुमा यही १० देखि १५ भदौसम्म सञ्चालन भएको आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीयको चापले आयुर्वेद उपचारमा आकर्षण बढेको देखिएको हो ।

स्वास्थ्य शिविरमा स्वेदन विधि (वाफको माध्यम)बाट पाँच सयभन्दा बढी बिरामीको उपचार भएको छ ।  शिविरमा आएर स्वेदन विधिबाट उपचार गर्दा स्थानीयले सहज महसुस भएको बताएका छन् ।

यस विधिमा हिमालदेखि तराईसम्मका १५ प्रकारका जडीबुटीबाट बनाइएको औषधि ५० डिग्री तापक्रमको वाफको माध्यमबाट उपचार गरिएको आयुर्वेद  स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए।

उनले भने, ‘स्वेदन विधिबाट हाडजोर्नी, बाथ र अन्य रोगको उपचार प्रभावकारी भएको कारण गाउँ–गाउँबाट यस्ता बिरामीहरुको आर्कर्षण बढेको देखियो ।’ २०७६ सालबाट स्वेदन विधिबाट उपचार गराउँदै आएको भए पनि यही शिविरमामात्रै धेरैको उपस्थिति भएको उनले जानकारी दिए ।