Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

असिना पानीले मुगुको स्याउ उत्पादनमा कमि

मुगु |

मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादनमा कमि देखिएको छ । स्याउ उत्पादनको भण्डार मानिने मुगुको ताल्चा क्षेत्रमा लगाइएका स्याउ असिना पानीले गर्दा उत्पादनमा निकै कमि आउँदा किसान मर्कामा परेका छन् । छायानाथ रारा नगरपालिका-५ ताल्चामा स्याउ उत्पादन गर्दै  आएका दर्जनौँ किसानको स्याउमा असिना पानीले गर्दा उत्पादनमा कमि आएसँगै आम्दानीमा पनि गिरावट देखिएको हाे ।

यसअघिका वर्षहरूबाट स्याउ खेतीबाट घर खर्च टारेका मुगाली किसानले यो वर्ष निकै सास्ती खेपिरहेका छन् । स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिलोसँग स्याउ नफल्दा घर खर्च , छोराछोरीलाई पठनपाठनमा पनि समस्या देखिएको छ ।

गत चैत-वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमि देखिएको हो ।  उत्पादन भएका फलका  दाना काला र स्वादिलाे नहुँदा निकै घाटा भएको किसानकाे गुनासो छ ।

आफूसँग  एक सयभन्दा बढी स्याउका फल लाग्ने बिरुवा चैत्र वैशाखमा फूल फुल्ने समयमा असिना पानीले असर पारेको थियो भने समयमै आएको अकासे पानीले थप समस्या पार्दा ताल्चा क्षेत्रमा लगाएका स्याउमा असर परेको छ । यो वर्ष स्याउ बिरुवामा पुरै बोट खाली  छन्, केही फल दिएका बिरुवामा निकै साना दाना लागेको छ भने गत वर्षभन्दा यो वर्ष स्याउ खेतीबाट निकै घाटा भएको  किसान मणिचन्द्र भामले बताए ।

स्याउ उत्पादन गरेका, जीवन निर्वाह गर्ने किसानले यस्तो समस्या कार्यालयलाई जानकारी नगराएकाे र पीडित किसानकाे हमा आउँदा वर्षहरुमा राहतजस्ता कार्यक्रम राख्न सकिने कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले जानकारी दिए । अहिले मुगुमा स्याउको  मुल्य प्रतिकिलाे  ४० देखि ५० रुपैयाँसम्म रहेको छ । मुगुका लागि स्याउको पकेट क्षेत्र मानिएका बाम, रोवा, शोभा, ताल्चा छन् । न्युज कारखाना