Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

घटस्थापनाको साइत बिहान ११:४६ मा

काठमाडौं ।

गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११:४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।