Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

अखिल क्रान्तिकारीको इतिहासमा पहिलाे महिला अध्यक्षमा पञ्चा सिंह

काठमाडौं ।

अखिल क्रान्तिकारीकाे इतिहासमा पहिलाे पटक महिला अध्यक्षमा चयन भएकी छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाइ चयन भएकी हुन् । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएकाे हाे । २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुन भने बाँकी छ ।

कालीकोटको महावै गाउँपालिकामा जन्मिएकी पञ्चा २०५८ सालमा १४ वर्षकाे उमेरमा भूमिगत भएकी हुन् । शुरूमा कलाकारको टिममा काम गरेकी पञ्चा लगत्तै विद्यार्थी संगठनमा आबद्ध भएकाे उनी निकट एक नेताले बताए । ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।

१७ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा भेरी-कर्णालीको संयोजकको जिम्मेवारी पाएकी थिइन् । त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।