Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

नेपालमा मनसुन अझै सक्रिय

काठमाडौँ ।

यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएकाे छैन् । अक्टोबर २ सम्म मनसुन बाहिरिने भएपनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेकाे छ । अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले यसै वर्षकाे मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेकाे थियाे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम  रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएकाे छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले बताइन ।

उनले भनिन्, “मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्छ, न्यूनचापीय रेखा बन्न र जलवाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन ।” पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपालबाट बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ । त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको जानकारी उनले दिइन ।

जल तथा मौसम विज्ञान विभागले तय गरेकाे मनसुनको पाँच महिनाको अवधिमा यो वर्ष १५ प्रतिशत बढी वर्षा भएको थियो । विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेकाे थियो । त्यस आधारमा धेरै बढी वर्षा नभए पनि १५ प्रतिशत बढी वर्षा भएको जानकारी विभागस्थित जलवायु विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले दिइन् ।

उनका अनुसार सरदरको हिसाब गर्ने हो भने यो वर्षभन्दा गत वर्ष बढी वर्षा भएको थियो । शाखाले निकालेको ८६ वटा वर्षा मापन केन्द्रको विश्लेषण हेर्ने हो भने पनि गत वर्ष ११९ प्रतिशत वर्षा भएको थियो । यो वर्ष जम्मा ११५.५ प्रतिशत मात्र वर्षा भएको देखिएको छ । जसअनुसार मनसुनको तय मितिभित्र एक हजार ६२० मिलिमिटर वर्षा भएको छ ।

असार १ गतेबाट आकासिएको मनसुनी वायु साउन मध्यसम्म उच्च रेहेर वर्षा गराएको थियो । त्यसपछि थोरै तल–माथि हुँदै भदौ दोस्रो सातापछि फेरि वर्षाको क्रम आकासिएको थियो । त्यो क्रम भदौ २४ गतेसम्म उच्च दरमा रहेको थियो । त्यसपछि घटबढकै अवस्थामा मनसुनी सक्रियता कायम छ । गत वर्ष मनसुनपछिको अवस्थामा निकै कम वर्षाका रूपमा २५ प्रतिशत वर्षा  रेकर्ड भएको थियो