पाँच कृति एकसाथ लोकार्पण, पाका साहित्यकारलाई सम्मान
दैलेख ।
दैलेखको दुल्लु नगरपालिकाले पाँच कृति एकै साथ लोकार्पण गरेको छ । नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ११३ औं लक्ष्मी जयन्तीको अवसर पारेर पाँच कृति एकसाथ विमोचन गरिएको हो ।

नारायण प्रसाद तिमिल्सेनाको दैलेख लोकसाहित्य र वाशिष्ठ अन्त्यपद्धति, जागेश्वर नेपालको मान्छे र आस्था, बद्रिप्रसाद शर्मा लम्सालको रुप्स्या साइको नासो, दिपिन सिजापतिको मान्छेको खेती नामक कृतिहरु एक लोकार्पण भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. मधुसुदन गिरीले दैलेखी लोकसाहित्य, दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले रुप्स्या साइको नासो, खगेन्द्र अधिकारी अमृतले मान्छे र आस्था, मणीराम कार्कीले मान्छेको खेती र रामनारायण गिरी वाशिष्ठ अन्त्य पद्धतिको लोकार्पण गरेका थिए ।

साथै कार्यक्रममा मणीराम कार्की, रामनारायण कार्कीलगायतका पाका साहित्यकारहरुलाई सम्मान समेत गरेको छ । यसैगरी कार्यक्रममा लोकर्पण भएका कृतिहरुका बारेमा समालोचना समेत गरिएको थियो । कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने विभिन्न स्रष्टाहरुले रचनावाचन गरेका थिए ।

दूल्लु नगरपालिकाको हलमा भएको कार्यक्रममा ज्ञानमणी नेपाल, भरतप्रसाद रिजाल, तुलसी प्रसाद रिजाल, केशवबहादुर भण्डारी, लाल बहादुर रावता, भूपेन्द्र प्रसाद उपाध्याय, चन्द्र रावत गुराँस, माधवप्रसाद तिमिल्सेना, शमसेर बहादुर शाही, रुद्र प्रसाद तिमिल्सेना, बासुदेव भट्टराई, पुष्कर खड्का, निरक शाहीलगायतको उपस्थिति रहेको थियो ।



















