Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सुर्खेतमा आज ८ घन्टा विद्युत अवरुद्ध हुने

सुर्खेत ।

सुर्खेतमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । लाइनमा बुसकटिङ र लाइन मर्मत गर्नुपर्ने भएका कारण विद्युत अवरुद्ध हुने भएको हो ।

आठ घण्टा विद्युत अवरुद्ध गरेर बुदबुदी सवस्टेशनबाट वितरण हुने पिपिरा फिडर अन्तरर्गत सवस्टेशनदेखि खजुराको बाटो,मंगलगढी चौकदेखि गणेश चौकसम्म र सवस्टेशनदेखि पिपिरा-धुलियाबिट-रहर पुर-सानो सुर्खेत हुँदै तिलपुरसम्मको ११ केभीए बुसकटिङ र लाईन मर्मत गरिन लागिएको छ । बुसकटिङ र लाइन कारण बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।