Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

विप्लवको बन्दमा सुर्खेत अधिकांश बन्द

सुर्खेत ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।  सुर्खेतमा भने बन्दको प्रभाव सामान्य देखिएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।