Loading... आजः १० फाल्गुन २०८२, आईतवार । Sunday 22nd February 2026
ताजा खबर
  

बुबाको सपना साकार पार्छुः मीना थापा

खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने एक मात्र महिला

दैलेख ।
दैलेखको राजनीतिक इतिहासलाई हेर्ने हो भने जगतजंग थापाको नाम अग्रपंक्तिमा आउने गर्दछ । कोरोना भाइरसको संक्रमणका कारण गत असार २१ गते नेता जगतजंग थापाको निधन भयो । हाल चलिरहेको नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा दैलेखमा संस्थापन पक्ष निकै कमजोर देखियो तरपनि उनै जगतजंग थापाकी सुपुत्री मीना थापाले भने महाधिवेशन प्रतिनिधिमा खुला प्रत्यक्ष तर्फ निर्वाचन जितिन् ।

No description available.
पार्टीका नेताहरुले महिला कोटाबाट उम्मेदवार हुन सुझाएपनि आफू खुला तर्फ उम्मेदवार बनेको र सबैको मायाले निर्वाचित हुन सकेको थापाको भनाई छ । महिलाका विचार र भावनाहरुलाई मुखरित गर्नका लागि नेपाली काँग्रेसमा समाहित हुनुपर्ने थापाले बताइन् । जनता प्रति उत्तरदायी हुन कार्यकारी पदमा पुग्न आवश्यक भएको बताउँदै थापाले थपिन, बुबाको शिक्षा र दैलेखको भूगोलले मलाई पनि राजनीतिमा तानेको छ महिला दिदीबहिनीहरुको राजनीतिक आधार बन्ने कोसिस गर्नेछु । प्रत्यक्ष तर्फ खुलामा महाधिवेशनमा निर्वाचित हुने सम्भवतः मीना एक मात्र प्रतिनिधि हुन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि मीना थापाले बुबाको सपना पार्ने बताएकी छन् । दैलेखमा काँग्रेसको संगठन विस्तारमा मात्र नभई काँग्रेसको राजनीतिक बृत्तमा निकै लामो समय संघर्ष गरेका जगतजंग थापाले काँग्रेस र काँग्रेसजनका लागि के कस्तो व्यवस्थापन गर्न आवश्यक छ भन्ने बारेमा दृढताका साथ लाग्दै आएकाले गुट उपगुटको राजनीतिक कारणले उनलाई जनताका माझमा सफल हुन गारो भएपनि बुबाले अंगालेको राजनीतिक निष्ठा र निष्पक्षतालाई अंगालेर अघि बढ्छु मीनाले भनिन् ।

May be an image of 8 people and text that says 'राष्ट्रियता! लोकतन्त्र!! समाजवाद!!! नेपाली काँग्रेसको १४औ महाधिवेशन भव्य रुपमा सफल पारौं सुपुत्री (स्व. नेता जगतजंड्न थापा) मीना कुमारी थापा महाधिवेशन प्रतिनिधि (खुला) उम्मेदवार हजुरहरुको सहयोग, सदभाव र अमूल्य मतको अपेक्षा गर्दछ्छु। Kopop काँग्रेसको सिद्दान्त, विधि, पढ़ुती र अनुशासनका लागि मेरो उम्मेदवारी जय नेपाल ੯て५११७६०८४ eा8षरटoCo'
काँग्रेस लोकतान्त्रिक व्यवस्थालाई अनुशरण गर्ने पार्टी भएकाले पार्टीको आन्तरिक निर्वाचनमा भएका जित हारलाई जित हारको रुपमा नभई सबै काँग्रेसीहरुको जितको रुपमा लिनु पर्ने थापाले बताइन् । आगामी निर्वाचनमा नेपाली जनताका सामु एकढिक्का भएर जानेमा कुनै सन्देह नभएको बताउँदै मीनाले भनिन्, ‘हामीले निर्वाचन लड्ने भनेको त प्रतिपक्षहरुसँग हो । अन्य पार्टीहरुसँग हो ।’

दैलेखको पार्टी सभापति भएर नेपाली काँग्रेसको राजनीतिक इतिहासमा स्व. थापाले आफ्नो नाम लेखाएका छन् त्यसलाई जिवन्त राख्नका लागि आफू राजनीतिक क्षेत्रमा लागेको बताउँदै मीना थापाले महाधिवेशन प्रतिनिधिमा खुला तर्फ उम्मेदवारी दिएकी थिइन् ।