एसियन युथ पारा ब्याडमिन्टन– नेपालबाट प्रतिनिधित्व गरेका प्रकाशले युएईका खेलाडीलाई पनि हराए
नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले बहराइनमा जारी एसियन युथ पारा ब्याडमिन्टन प्रतियोगितामा दोस्रो जीत हात पारेका छन् ।
शनिवार भएको आफ्नो दोस्रो खेलमा अधिकारीले युएई खेलाडी फौजी अल्सेनामीलाई २१–०२ तथा २१–०१ को सोझो सेटमा पराजित गरेका हुन् ।
पहिलो खेलमा भने अधिकारी इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसँग पराजित भएका थिए ।
उनी अब सिधै क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। क्वार्टर फाइनलमा उनले भोलि (आइतवार) थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।
अधिकारी नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने पहिलो पारा ब्याडमिन्टन खेलाडी हुन् ।
उनको शरीरको दायाँ साइडमा जन्मजात समस्या छ । तै पनि बायाँ हातको भरमा निकै आकर्षक खेल खेल्न सक्षम छन् ।