Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मुगुका आगलागी पिडितहरुलाई राहत दिने निर्णय

प्रदेश लोकसेवामा ४५ दरबन्दी स्वीकृत

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमा पैतालिस कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदकाे बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।

प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । । आयोगको तीन महाशाखा र दश शाखा सहित पैतालिस कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्री विष्टले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पिडितहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला मन्त्री विष्टमान विष्टले आगलागी पिडितहरुलाई राहत दिने निर्णय गरेको बताउनु भयो ।

मन्त्रीपरिषद्ले पूर्ण घर क्षति भएका तर्फ १० लाखसम्म क्षति भएकालाई १ लाख ११ देखि ५० लाख सम्म क्षति भएकालाई एक लाख पचास हजार, ५१ देखि १ करोड क्षति भएकालाई दुई लाख १ करोडदेखि १ करोड पचास लाखसम्म क्षति भएकालाई दुई लाख पचास हजार १ करोड ५१ लाखदेखि ३ करोडसम्म क्षति भएकालाई तीन लाख पचास हजार र ३ करोडभन्दा माथि क्षति भएकालाई चार लाख २ किस्तामा दिने निर्णय गरेको छ ।

यसैगरी आंशिक घर क्षति तर्फ १ लाखसम्म क्षति भएकालाई २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकालाई पचास हजार ५० लाखदेखि माथि क्षति भएकालाई ७५ हजार एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको छ ।

व्यावसायीहरुका लागि २० लाखसम्म क्षति भएकालाई तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकालाई पचास हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकालाई ७५ हजार र १ करोड भन्दा माथि क्षति भएकालाई १ लाख एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको छ भने बघरबहालमा बस्नेहरुका लागि १० लाख क्षति भएकालाई २० हजार, २० लाखदेखि ५० लाखसम्म क्षति भएकालाई ४० हजार र ५० लाख भन्दा माथि क्षति भएकालाई ६० हजार एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता विष्टले बताउनु भयो ।