Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

वीरेन्द्रनगर ११ मा एकिकृत समाजवादीको वडा कमिटी गठन

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा नेकपा (एकिकृत समाजवादी) को वडा कमिटी गठन भएको छ ।

डिल्लीराम आचार्यको अध्यक्षतामा गठन भएको कमिटीमा बालकृष्ण खत्री र नन्नकली लामीछाने उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा नविन आचार्य उपसचिवमा ममता सारु र गोविन्द प्रसाद चालिसे चयन भएका छन् । यसैगरी सदस्यहरुमा नर बहादुर कामी, तुल्सी प्रसाद पौडेल, सावित्री कंडेल, ओमप्रसाद कंडेल, तारा भट्ट, प्रमिला बारघरे, नन्दाराम अधिकारी, रत्नलाल लामीछाने, गोपाला बोहोरा, टिकाराम आचार्य, बिर्मा बुढा मगर, जानकी आचार्य, रमा बोहोरा (लामिछाने), अमृता शर्मा र पवित्रा लामीछाने चयन भएको अध्यक्ष डिल्लीराम आचार्यले बताए ।

सुर्खेत जिल्ला इज्चार्ज शिवप्रसाद उपाध्यायले वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए । वडा भेला नगर अध्यक्ष लोकप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।