Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

गजल

भरत धमला

जोवन पाउन जवानी पाउन वचपन त्याग्नुपर्छ
त्यसपछी मात्र एक नारीले आगन त्याग्नुपर्छ

जिन्दगीका श्रङ्खला त्यागेरै सकिनेरहेछन
मृत्यु पाउँदा यहाँ सबैले जीवन त्याग्नु पर्छ

लास जलाउने ठाउँलाई फराकिलो बनाउनुस
अहिले अस्पतालहरुको उद्घाटन त्याग्नु पर्छ

भनिदेउ तिमिलाई पाउन के के त्याग्नुपर्ला
मलाई पाउन त तिमिले धन त्याग्नुपर्छ

तिमी पानी हौ म चिनी तिमी संग मिले भने
मिठो बन्छौ तिमी मैले आफ्नै वजन त्याग्नुपर्छ ।