Loading... आजः ३ जेष्ठ २०८१, बिहीबार । Thursday 16th May 2024

कर्णालीमा सुनमाया बुढालाई सम्मान तथा स्वागत

सुर्खेत |

थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार स्वागत तथा सम्मान गरेको छ । ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगीतामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गरेका थिए ।

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए।

मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको जानकारी दिए । मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।