Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

एमाले अध्यक्षमा अमृत विसी विजयी

सुर्खेत ।

नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

May be an image of 5 people and text that says 'संसारका अरमजीवीहर एक होजी जनताको बहुदलीय जनवाद जिन्दावाद नेकपा (एमाले) सुखेत को आठौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई अध्यक्ष अमृत बि.सी. उपाध्यक्ष कुलमणि देवकोटा सचिव कविन्द्र के.सी. उपसचिव उपसचिव धनश्याम पाण्डे बल बहादूर नेपाली'

उपाध्यक्षमा पनि विसी प्यानलकै कूलमणी देवकोटा निर्वाचित भएका छन् । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषी गिरीले २२६  मत ल्याएका छन् ।

त्यस्तै सचिवमा कविन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याएका छन् ।

उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे (३९१) र बलबहादुर नेपाली (३६९) विजयी भएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विसी र शर्मा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार दिउँसोबाट मतदान सुरु गरिएको थियो ।