Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

थप ६७३४ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

उपत्यकामा मात्रै थपिए ३९३९ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौं रहेको छ । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।