Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

जन्माेत्सवमा राप्रपा महिला संगठनकी अध्यक्षले गरिन विपन्नलाइ सहयाेग

सुर्खेत ।

आफ्नो ४२ औं जन्मोत्सवको अवसरमा राप्रपा महिला संगठनकी अध्यक्षले विपन्न समुदायका नागरिकहरुलाई सहयोग गरेकी छन् र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठन सुर्खेतकी अध्यक्ष अन्जु बस्यालले शैक्षिक सामग्री र खाद्यन्न सहयोग गरेकी हुन् ।

No description available.

 

हिन्दु जागरण नेपाल सुर्खेतको अध्यक्ष समेत रहेकी बस्यालले भेरीगंगा नगरपालिका-९ स्थित ठूलो जात्रीमा रहेको प्रभात प्राथमिक विद्यालयमा अध्यनरत विपन्न समुदायका विद्यार्थीहरुलाइ २१ थान स्कुल पोशाक वितरण गरेकी छन् । बस्यालले हरेक वर्ष जन्माेत्सवमा विभिन्न समुदायमा पुगेर सहयाेग गर्दै आएकी छन् ।

No description available.

जन्मोत्सवकै अवसरमा बस्यालले यसअघि बागेश्वरी मन्दिरमा बस्ने दिन दुखीहरुलाइ २५५ केजी चामल, देउती बज्यै सुर्खेत परिसरमा बस्दै आएका दिनदुखीलाइ २२ थान कम्बाेल, बाल आश्रम तथा विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री, खाद्यान्न तथा पोशाक वितरण गरेकी थिइन । गरिबीको चपेटामा परेर स्कुल पोशाक नभएकै कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूलाइ सहयाेग गरेकाे बस्यालले बताइन । कार्यक्रममा बस्यालसहित उनका स-परिवारहरुको उपस्थिति रहेको थियो ।