पत्रकारले असल र न्यायोचित कुरा उठाउनु पर्छः अध्यक्ष थापा
सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) कर्णाली प्रदेशका अध्यक्ष अम्मर बहादुर थापाले पत्रकारले असल र न्योचित कुरा उठाउनु पर्ने बताउनु भएको छ । समाजवादी प्रेस संगठनको सुर्खेत शाखाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘हामीले विद्रोह नगरेको भए आज लोकतन्त्र नै खतरामा परिसकेको हुने थियो ।’ असल विचारका लागि विद्रोह गर्न सक्नुपर्ने बताउँदै थापाले ‘पत्रकारले असल र न्योचित विचार उठाउनु पर्छ ।’

असल विचार बोकेर हिडेको खण्डमा संख्यात्मक रुपमा पनि संगठन विस्तार हुने बताउँदै हामी विद्रोह गरेर आएका छौ त्यसैले प्रत्येक सदस्यले सही काम गरेर समाजवादको दिशालाई गन्तव्यमा पु¥याउन आवश्यक छ । एउटा पत्रकारले हजारौ मान्छेको आवाज बोल्न सक्छ भने हजारौ मान्छेका विचमा सही कुराको सम्प्रेषण पनि गर्नसक्छ । त्यसैले पत्रकारको अहम् जिम्मेवारी छ थापाले भन्नुभयो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन सिं बडुवालले केपी ओलीले देशमा अस्थिरता कायम गरेर वर्तमान व्यवस्थालाई नै असफल बनाउन खोजेको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रमा व्यक्तिवादलाई मान्न नसकिने भएकाले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि पनि विद्रोहको आवश्यकता परेको अध्यक्ष बडुवालको भनाई थियो ।
संगठनको मूल कर्मबाट विचलित भएर व्यक्तिवाद लाद्ने प्रवृत्तिका विरुद्रमा लाग्नेहरु एकिकृत समाजवादीमा गोलवद्ध भएको र केही साथीहरु विभिन्न कारणले अलमल परेको भएपनि अन्तमा समाजवादको बाटोमा एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको बडुवालको भनाई थियो ।
विगतमा शासन व्यवस्थाका लागि वैचारिक तथा भौतिक युद्धहरु लड्नु परेपनि अबका दिनमा उपलब्धीको रक्षाका लागि लड्न आवश्यक भएको अध्यक्ष बडुवालले बताउनु भयो ।






