Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

चौकुनेमा नेकपा एकीकृत समाजवादीको कमिटी

सुर्खेत ।
चौकुने गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को गाउँपालिका स्तरीय कमिटी घोषणा भएको छ । शनिबार गुटुको साझा हलमा भएको कार्यक्रममा लछिराम आलेको अध्यक्षतामा १७५ कमिटी घोषणा भएको हो । कमिटीको उपाध्यक्षमा जक्तिराम देवकोटा, सचीवमा महेन्द्र प्रसाद खनाल र उपसचिवमा मिन सिं। थापा चयन भएका छन । गाउँपालिकाका १० उटै वडाहरु बाट प्रतिनिधित्व हुने गरि कमिटीको सदस्यमा मनोनयन गरिएको सचीव महेन्द्र प्रसाद खनालले जानकारी दिनु भयो ।

No description available.
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहिले केपि ओलिको व्यक्तिगत स्वार्थका कारण पार्टी सुदृढीकरण गर्नु परेको बताउनु भयो । ओलिले पद संग नेकपा एमाले र जनताको बहुदलीय जनवाद विसर्जन गरेको दावि गर्नु भयो नेकपा माओवादी केन्द्र संग पार्टी एकता गर्दा ओलिले पार्टीमा छलफल नगरि एकलौटी ढंगले पार्टी विघटन गरेको जिकिर गर्नु भयो । अबको यात्रा समाजवादको हो भन्दै मन्त्री शाहीले नेता तथा कार्यकर्ताहरुलाई एक मनका साथ नेकपा एकीकृत समाजवादिमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले नेपालमा अब बृहत बामपन्थी पार्टीहरु बिच एकता हुने बताउनु भयो । केपि ओलिले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान नै कुल्चिनु भएको बताए ।

No description available.
कार्यक्रममा नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तारा देवकोटा, हरि प्रसाद खनाल,नयाँराम बयक, मन बहादुर वि।क बलबहादुर कठायत, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचीव शिव उपाध्याय, अनेमासंघकि नेतृ धना शाहि, पन्चपुरि नगरकमिटी अध्यक्ष रमेश बडौल ,युवा संघका केन्द्रिय सचिव जंग राना, संघका केन्द्रिय सचिवालय सदस्य कमल कृष्ण पौड्याल, एख् कर्णाली प्रदेश अध्यक्ष खडक थापा, युवा नेताहरु कमल कृष्ण जैसि, करन बिष्ट, बिर्ख बडुवाल, कमल पौडेल, तेज रोकाय, कमल कठायत, केशव बयक लगाएको उपस्थिति थियो ।